४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा र फोरमबिच पार्टी एकताको तयारी

२१ जेष्ठ २०७५, सोमबार ०२:३५

जेठ २१,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ।नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो। शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा नआएको स्रोतको दावी छ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए। फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् । फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालिन नेकपा एमाले हुँदै नेकपा माओवादी राजनीतिमा सक्रिय थिए। अध्यक्ष याद आफै कम्युनिष्ट हुन र पफोरममा पूर्वएमालेका कम्युनिष्ट नेताहरुको निर्णायक सहभागिता हुनुले फोरम र नेकपाबीचको पार्टी एकता सम्भव रहेको एक नेताले बताएको खबर राजधानी दैनिकमा छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट