४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोप्य राखिएको नेपालको श्रीपेच बेइजिङमा ! नेपाल सरकार बेखबर

२४ जेष्ठ २०७५, बिहीबार ००:५६

जेठ २४, बेइजिङ | नेपालको श्रीपेच चीनको राजधानी बेइजिङस्थित दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ भन्ने समाचार आजको कान्तिपुर दैनिकमा छ । उक्त प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीमध्ये नेपालको श्रीपेच पनि एक हो ।

श्रीपेच भन्ने बित्तिकै सबैले सम्झन्छन्– तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालीन श्री ५, श्री ३ वा अरू नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाली र नेपालबारे चासो राख्नेहरूले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरका छन् । 

फोर्बिडन सिटीमा गत वैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ । प्रदर्शनीकोआयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्ष बाहिर राखिएको बोर्डमा उल्लेख छ । 

चीनमा अन्तर्राष्ट्रिय पुरातात्विक वस्तुको प्रदर्शनी गर्दा सरकारी निकाय नै संलग्न हुने गर्छ । तर नेपालको श्रीपेच भारतीय वस्तुको प्रदर्शनीमा कसरी समेटिन पुग्यो भन्नेमा कसैले चासो दिएको पाइन्न । श्रीपेच सक्कली हो वा नक्कली भन्ने पनि यकिन छैन । श्रीपेचमुनि ‘नेपालको श्रीपेच’ लेखेर त्यहाँ भएका बहुमूल्य वस्तुको विवरण उल्लेख गरिएको छ । पुरातत्व विभागका प्रमुख भेषनारायण दाहालका अनुसार नेपालमा एउटैमात्र श्रीपेच छ ।

- चेतनाथ आचार्यले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट