२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोप्य राखिएको नेपालको श्रीपेच बेइजिङमा ! नेपाल सरकार बेखबर

२०७५, २४ जेष्ठ बिहीबार ००:५६

जेठ २४, बेइजिङ | नेपालको श्रीपेच चीनको राजधानी बेइजिङस्थित दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ भन्ने समाचार आजको कान्तिपुर दैनिकमा छ । उक्त प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीमध्ये नेपालको श्रीपेच पनि एक हो ।

श्रीपेच भन्ने बित्तिकै सबैले सम्झन्छन्– तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालीन श्री ५, श्री ३ वा अरू नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाली र नेपालबारे चासो राख्नेहरूले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरका छन् । 

फोर्बिडन सिटीमा गत वैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ । प्रदर्शनीकोआयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्ष बाहिर राखिएको बोर्डमा उल्लेख छ । 

चीनमा अन्तर्राष्ट्रिय पुरातात्विक वस्तुको प्रदर्शनी गर्दा सरकारी निकाय नै संलग्न हुने गर्छ । तर नेपालको श्रीपेच भारतीय वस्तुको प्रदर्शनीमा कसरी समेटिन पुग्यो भन्नेमा कसैले चासो दिएको पाइन्न । श्रीपेच सक्कली हो वा नक्कली भन्ने पनि यकिन छैन । श्रीपेचमुनि ‘नेपालको श्रीपेच’ लेखेर त्यहाँ भएका बहुमूल्य वस्तुको विवरण उल्लेख गरिएको छ । पुरातत्व विभागका प्रमुख भेषनारायण दाहालका अनुसार नेपालमा एउटैमात्र श्रीपेच छ ।

- चेतनाथ आचार्यले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से