४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा नेपालीहरु लागूऔषधको भरिया बन्दै

२४ जेष्ठ २०७५, बिहीबार ०१:३६

जेठ २४, काठमाडौं | राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेश अनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैया) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो ।

कतारको केन्द्रीय कारागारमा रहेका नेपालीमध्ये सबभन्दा बढी जेल सजाय पाउने चौधरी नै हुन् । तर, लागूऔषधमा सजाय पाएका भने उनी मात्र होइनन् । कतारी जेलमा लागूऔषधको मुद्दासँग सम्बन्धित नेपाली मात्रै ३० जना छन् । ‘सबभन्दा धेरै नेपाली लागूऔषधसँग जोडिएका मुद्दामा जेल छन् ।  

‘कतारका उच्च प्रहरी अधिकारीले लागूऔषध प्रयोग र बेचबिखनमा नेपाली कामदार प्रयोग भइरहेकोप्रति चिन्ता जनाएका छन्,’ राजदूत कोइरालाले भने, ‘कतारमा नेपालीको छुट्टै छवि छ । नेपालीको

इमानदारीको ब्रान्ड छ । तर, केही प्रलोभनमा परेर कतारी कानुनको फन्दामा पर्न थालेका छन्।’ केही लागूऔषध कारोबार गर्नेले नेपालीलाई प्रयोग गर्दा सुरक्षित भइन्छ भनेर नेपालीलाई नै रोज्न थालेको स्थिति छ ।’ लागूऔषध कारोबारमा कतारको कानुन कडा छ । मृत्युदण्डसम्मको सजाय दिने कानुनी व्यवस्था छ । 

- यो समाचार आजको कान्तिपुरमा होम कार्कीले लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट