४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन तस्करी र हत्या मुद्धाः अब सम्पत्ति शुद्धीकरणमा छानविन

२८ जेष्ठ २०७५, सोमबार ०२:१२

जेठ २८, काठमाडौँ | साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मुख्य प्रतिवादीहरू चूडामणि उप्रेती (गोरे), भुजुङ गुरुङ र डाक्टर डेबिट भनिने छिरिङ वाङगेल घलेलाई ललितपुरस्थित विभाग पठाउन आदेश दिएका हुन् । गोरे र घले हाल मोरङ जिल्ला कारागारमा छन् । गुरुङ सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा पुर्पक्ष थुनामा छन् । घले र गुरुङ नातेदार हुन् ।

मोरङ अदालतले आइतबार मुख्य तीन अभियुक्त चूडामणि उप्रेती गोरे, भुजुङ गुरुङ र छिरिङ वाङ्गेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउन आदेश दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान एवं कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको थियो । विभागले त्यसैका आधारमा थप अनुसन्धान र कारबाही अघि बढाउन उनीहरूलाई झिकाउने पत्राचार गरेको थियो ।

विभागको पत्रमा ‘प्रारम्भिक जाँचबुझका क्रममा उल्लेखित प्रतिवादीहरूसँग कसुरको गम्भीरतासमेतका आधारमा तत्काल केही कुरा बुझी जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने देखिएकाले निजहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरको जाँचबुझका सिलसिलामा बुझ्नुपर्ने कुरा बुझी फिर्ता पठाउने’ उल्लेख छ । – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट