४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ भ्रातृ संगठन एकीकरण सहमति, १४ पूर्वएमालेलाई, ८ मा पूर्वमाओवादीलाई

२८ जेष्ठ २०७५, सोमबार ०२:५६

जेठ २८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का २२ भ्रातृ संगठन एकीकरणको सहमति जुटेको छ । त्यसमा १४ पूर्वएमाले र ८ पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

त्यसका सचिव भने नेतृत्व गर्ने समूहको इतरमा राख्ने सहमति भएको छ । १४ सचिव पूर्वमाओवादी र ८ सचिव पूर्वएमालेले लिने भएका छन् ।  जनवर्गीय संगठनको नेतृत्व संख्या टुंगो लागे पनि कुन संगठन कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । त्यसका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित नेताहरू सहमतिका लागि परामर्शमा जुटेका छन् । जनवर्गीय संगठनको एकीकरणका लागि ने क पाले कार्यदलहरू गठन गरेको थियो ।

प्रारम्भिक चरणको संख्यात्मक सहमति भए पनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । नेतृत्वका लागि तत्कालीन जनवर्गीय संगठनका सक्षमता, सक्रियता र क्रियाशिलतालाई आधार बनाइएको स्रोतले बतायो ।

यसैबीच, तत्कालीन दुई पार्टीका २२ वटै भातृसंगठको एकीकरणका लागि बनेका कार्यदलले आन्तरिक छलफल एवं बैठक गरेर विधान मस्यौदा समिति गठन गरेर एकताको तयारी थालेका छन् । छुट्टाछुट्टै कार्यदलको बैठकले एकता प्रक्रिया, मापदण्ड, शैलीसहित एकीकृत विधान मस्यौदाको तयारी थालेको हो ।

ने क पा केन्द्रीय सचिवालयले भातृसंगठनहरूको एकीकरण प्रक्रिया आपसी सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्ने गरी निर्देशन दिएको छ । कार्यदलले पाएको समयभित्रैमा एकीकरणका लागि आवश्यक प्रक्रिया टुंगो लाग्ने बताइएको छ ।

यता, आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त कार्यदल गठन भएको छ । कार्यदलको बैठकले दुवै संगठनका महासचिवद्वय राजेश राई र विष्णु सापकोटालाई अन्तरिम विधान मस्यौदा बनाउन जिम्मेवारी दिएको छ । चौतारी महासचिव राईका अनुसार एकीकरणका लागि दुवै संगठनको केन्द्रीय कमिटी बैठक समेत बोलाउने निर्णय भएको छ ।

यसैगरी, अन्य भातृसंगठनका साथै पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीको एकीकरणका लागि गठन भएका छुट्टाछुट्टै कार्यदलले आन्तरिक गृहकार्य गर्दै एकीकरणको टुंगो लगाउने तयारीमा जुटेका छन् । मातहतका कमिटी  मिलाउन  बेग्लाबेग्लै ३६ कार्यदल गृहकार्यमा छन् । 

- राजधानी दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट