२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकाउमा नेपालीले आफ्नै आधा घाटी रेटे, कम्पनी र एजेन्ट दोषी

२०७५, २८ जेष्ठ सोमबार ०७:१०

जेठ २८, काठमाडौँ | बैदेशिक रोजगारीको क्रममा मकाउ गएका एक नेपालीले आफ्नै घाटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । एजेण्टमार्फत १२ लाख रकम बुझाएर मकाउ पुगेका ति नेपाली युवाले कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि आत्महत्याको प्रयास गरेका हुन् । 

२६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ । एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ ।

मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेपछि उनले त्यहाँबाट जागिर छाडेर हिँडेका थिए । 

एजेन्ट र कम्पनीले अर्को व्यक्तिलाई सोहि डिमाण्डमा ल्याउन पाइने भएकाले निरन्तर यातना दिएपछि नेपाली युवक थिङले ग्लोबल होस्टलमै आत्महत्या प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ । नेपालमा ऋण गरेर मकाउ पुगेका उनले काम गर्न नसक्ने र पैसा फिर्ता पनि नहुने भएपछि उनीसँग अरु उपाय नभएपछि आत्महत्या गर्न कोसिस गरेको बताइएको छ ।

घाँटीको आधा भाग काटिएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ । मकाउमा एजेन्ट र कम्पनीको मिलेमतोमा कामदारसँग मोटो रकम लिएर बोलाउने र पछि पीडा दिएर निकाल्ने प्रचलन बढिरहेको छ ।

पीडितका परिवारले उनलाई मकाउ लैजाने एजेन्टमाथि कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से