३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिकको फन्दामा पूर्वयुवराज पारस ! भने – ‘तैंले मलाई चिन्नुपर्छ’

३१ जेष्ठ २०७५, बिहीबार ०१:५५

जेठ ३१, काठमाडौँ | ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 

पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी जावलाखेल प्रहरीले समातेको हो । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको, प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको समाचार छ ।  ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि.वि. शाह उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स लगेको लेखेको छ । 

- आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ । 

दुधमा हानिकारक मिसावटः ४२ ब्रान्डमध्ये ४० मा सोडा !

राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ ।

केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको हो।

राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगले पाउचमा दूध बिक्री गर्दै आएका छन्। यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमुना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरेको थियो।

मन्त्रालय मातहतको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा ‘न्युट्रलाइजर’ का रुपमा सोडा (सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडीयम कार्बोनेट) गरी तीन किसिमका रसायन (क्षार) मिसाएको औंल्याएको छ।

सोडा मिसावट गर्ने उद्योगहरुमा दुग्ध विकास संस्थान (डीडीसी) बालाजु, चौधरी डेलिसियस, काठमाडौं, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जय श्रीकृष्ण डेरी काभ्रे, भक्तपुर डेरी भक्तपुर, हिमालय डेरी प्रोडक्ट, लगनखेल र जगदम्बा डेरी फुड एन्ड बेभरेज भक्तपुर छन्। यस्तै, खरीपाटी डेरी भक्तपुर, एचडी मिल्क एन्ड वेभेरेज, काठमाडौं, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस/सैजु डेरी भक्तपुर, नवप्रभात डेरी, ललितपुर (गोदावरी), नेपाल डेरी (एन्डिज) धापाखेल, नोभा/कन्ट्री फुड प्रालि भक्तपुर र राजधानी डेरी काठमाडौंले पनि सोडा मिसाएको नमुना परीक्षणमा देखिएको हो।

- यो खबर आजको कान्तिपुरदैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट