३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए, खनाल अमेरिकामा

५ असार २०७५, मंगलवार ०२:३०

असार ५, काठमाडौं | प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ । 

प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यसपटक भने प्रहरी मुख्यालय मुक्त भएको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा ५ बर्षभन्दा बढी बसेका सबै जुनियरदेखि सिनियर अधिकृतलाई मुख्यालयबाहिर पठाउने अभियानको शुरुआत गरेको बताएका छन् ।  

- आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

महानिरीक्षक खनाल अमेरिकामा 

काठमाडौँ | नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अहिले अमेरिकामा छन् । 

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा भाग लिन आइतबार राति उनि त्यसतर्फ प्रस्थान गरेका थिए । 

भोलीदेखि शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य राष्ट्रका प्रहरीबीच सहकार्य वृद्धि गर्ने, राष्ट्रहरुबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय गर्ने विषयमा छलफल हुनेछ । 

यस्तै संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता वृद्धि गरी थप प्रभावकारिता ल्याउने र भविश्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषयमा समेत छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट