३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिएन सुन तस्करी, दुई घटनाले प्रहरीनै झस्कियो !

१९ असार २०७५, मंगलवार ०२:४४

असार १९, काठमाडौँ | संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ ।

महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्‍यो। त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्‍यो।

एक दिनको अन्तरमा भएका यी दुई घटनाले संगठित सुन तस्करीमाथि गम्भीर अनुसन्धान चलिरहे पनि तस्करी नरोकिएको पुष्टि गरेको छ। यी दुवै घटनामा तस्कर समूहले फरकशैली प्रयोग गरेको देखिन्छ।

भारतीय चालक दीपककुमार मौर्यले चलाएको यूके ०२४६८४ नम्बरको कारको इन्जिनमाथि एअर फिल्टर बक्सभित्र लुकाएर राखेको तीन केजी सुनमा इमिरेटस गोल्ड लेखिएको छ। अर्थात् यसअघिका ठूला तस्करीमा जस्तै उक्त सुन पनि दुबईबाट भित्रिएको थियो।

१७ गते नागढुंगाबाट पक्राउ परेको तीन केजी सुन भने स्विट्जरल्यान्डको मेटालोर नामक कम्पनीमा बनेको देखिन्छ। कम्पनीको वेबसाइटका अनुसार सन् २००१ मा मेटालोर टेक्नोलोजिज नामक कम्पनीको नाम परिवर्तन गरेर मेटलोर ग्रुप कम्पनी बनाइएको हो।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध