३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरका विद्यालयमा नयाँ शुल्क

२० असार २०७५, बुधबार ०३:१४

असार २०, काठमाडौं | महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ । महानगरपालिकाको नगर सभाले सेवा शुल्क लिने निर्णय गरेसँगै नयाँ शुल्क लागू हुने भएको हो ।

माध्यमिक तहको संस्थागत विद्यालयको नाम परिवर्तन गर्न ५० हजार, र आधारभूत तहको ३० हजार, आधारभूत तहको अनुमतिपत्र वितरण गर्न ५ र मावि तहको १० हजार, आधारभूत तहको विद्यालयको स्वामित्व परिवर्तन गर्न २० र माध्यमिक तहको ३० हजार, आधारभूत तहको स्थान परिवर्तन गर्न २० र माध्यमिक तहको ३० हजार रुपियाँ लिने निर्णय गरेको छ ।

त्यस्तै संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गर्न १ हजार, विद्यार्थीको नाम थर, जन्ममिति सच्याइ प्रतिलिपि लिन प्रति विद्यार्थी २ सय, संस्थागत विद्यालयको विद्यार्थी भेरिफिकेसन गर्न ५ सय रुपियाँ लिने निर्णय गरेको छ । आजकोनेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

आधारभूत तहको सामुदायिक विद्यालयमा करार, राहत शिक्षक नियुक्तिको अभिलेखीकरण गर्न १ हजार र मावि तहमा २ हजार रुपियाँ लिने निर्णय गरेको हो । स्थानीय तहमा विद्यालय शिक्षा गइसकेपछि नयाँ सेवा शुल्क कायम गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट