२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा उड्न लागेका उपकुलपतिलाई विमानस्थल पुगेपछि प्रधानमन्त्रीको ठाडो आदेश !

२०७५, २४ असार आईतवार ०२:५९

असार २४, काठमाडौँ | विदेश भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिबार प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका थिए ।

बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई सोझै प्रधानमन्त्री निवास बालुवाटार लगेको थियो । बालुवाटारमा करिब एक घन्टा कुराई उनलाई घर जान दिइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई भ्रमणमा जान वञ्चित गरिएको हो ।

‘मलाई प्रधानमन्त्री ओलीले भेट्न खोज्नुभएको छ भन्दै प्रहरी लगाएर बालुवाटार पुर्‍याइयो,’ कोइरालाले कान्तिपुरसित भने, ‘प्रधानमन्त्री निवासको एउटा कोठामा एक घण्टा थुनेर अपराधीजस्तो व्यवहार गरी घर फर्काइयो ।’ कोइरालाको टोलीका अन्य ६ जना भने शनिबारै क्यानडा प्रस्थान गरे ।

- यो खबर आजको कान्तिपपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से