३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अथक सत्याग्रहको जित हो’ – गंगामायाका वकिल

२५ असार २०७५, सोमबार ०१:५७

असार २५, काठमाडौँ | गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनलाई आइतबारै प्रहरीले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा लगेर राखेको छ । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।


त्यसयता ‘फरार’ रहँदै आएका उनलाई पक्राउ गरी सर्वोच्चको आदेश पालना हुनुपर्ने माग राखी कृष्णप्रसादकी आमा गंगामायाले गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशन सुरु गरेकी थिइन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि सरकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सर्वोच्चको आदेश पालना गराउन दबाब पर्दै आएको थियो ।

गंगामाया अनशन बसेको एक महिना १० दिनमा पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् । त्यसलगत्तै गंगामायाका वकिल तथा मानव अधिकारवादीहरू आईसीयूमा रहेकी उनलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

‘हामीले अब तपाईंको मुख्य माग पूरा भएकाले अनशन तोड्नुस् भन्ने आग्रह गर्‍यौं,’ गंगामायाका वकिल बाबुराम गिरीले भने, ‘तर उहाँले तत्कालका लागि सत्याग्रह जारी राख्ने नै संकेत दिनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की