३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले बोल्न खोज्दा पनि बोल्न नसक्ने अवस्थामा डा.केसी !

२६ असार २०७५, मंगलवार ०२:४६

असार २६, काठमाडौँ | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ ।

प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन ।

सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा समस्या आएपछि कुराकानी हुन नसकेको उनका आफन्त किशोर केसीले बताए । ‘डा। केसीसँग प्रधानमन्त्रीले केही कुरा गर्न चाहनुभएको थियो,’ उनले भने, ‘तर उहाँ बोल्न नसक्ने भएपछि मैले फोनबाट कुरा गर्न नसक्ने बताए ।’

डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीको अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा। प्रवीण गिरीले बताए ।

‘अहिले पिसाबका लागि शौचालयसम्म जान सक्ने अवस्था छैन,’ उनले भने, ‘अवस्था जटिल भए पनि अत्यावश्यक औषधिसमेत लिन मान्नुभएको छैन ।’ उनलाई अक्सिजन र स्लाइनबाहेक अरू औषधि नदिइएको उनको भनाइ छ ।

- यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट