३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनकेशरीले भुलिछन् मातृभाषा ! ९ वर्षपछि परिवारसँग मिलन

२७ असार २०७५, बुधबार ०२:३८

असार २७, काठमाडौँ | नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन ।

कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् ।

बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द अरबी भाषाका थिए ।

तर दाजु खेम र भाइ वीरकाजीलाई सुनकेशरीका शब्दसँग मतलब थिएन । मतलब थियो त बेपत्ता बहिनीलाई जिउँदो भेट्नुसँग । ‘हामीले उनलाई धेरै खोज्यौं, फेला पार्न नसकेपछि माया मारिसकेका थियौं,’ वीरकाजीले भने, ‘एकैपटक गोरखाका प्रमुख जिल्ला अधिकारीले फोन गरेपछि पो अचम्ममा पर्‍यौं ।’

उहिया–८, गोरखाकी सुनकेशरी २००९ को मार्चमा कुवेत गएकी थिइन् । कुवेत गएदेखि नै परिवारसँग उनको सम्पर्क टुटेको थियो । कुवेती साहुले पनि परिवारसँग कहिल्यै सम्पर्क गर्न दिएका थिएनन् । ‘मलाई घर फर्किन मन थियो, बुबा–आमासँग कुरा गर्न ठूलो मन थियो,’ सुनकेशरीले भनिन्, ‘तर मालिकले कहिल्यै फोन गर्न दिएन ।’

कुवेतमा रहेका अन्य नेपालीसँग पनि उनको सम्पर्क हुन सकेन । राहदानी म्याद सकिएर नवीकरण गर्न कुवेती साहु आएपछि मात्रै सुनकेशरीबारे दूतावासले जानकारी पाएको थियो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट