२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०६५ मा कान्तिपुर दैनिक छाडेका नारायण वाग्ले फेरी कान्तिपुरका प्रधान सम्पादक

२०७५, ३० असार शनिबार ०२:१२

असार ३०, काठमाडौं | २०६५ सालमा कान्तिपुर दैनिक छाडेका नारायण वाग्ले फेरी कान्तिपुर दैनिकका प्रधानसम्पादकमा नियुक्त भएका छन् । वाग्ले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नियुक्त भएका हुन् ।

कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरेका हुन् । यस बिषयमा आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । समाचार अनुसार सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी गराउँदै १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्व सम्हालेका शर्मालाई अध्यक्ष सिरोहियाले आफू र कान्तिपुर व्यवस्थापनका तर्फबाट भविष्यको उत्तरोत्तर सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

वाग्ले स्थापनाकालदेखि नै कान्तिपुरसँग आबद्ध  भएर यस अघि पनि ५ वर्ष सम्पादक सम्हालेका थिए । कान्तिपुर दैनिक छाडेर नागरिक दैनिकमा प्रधान सम्पादक बनेका वाग्ले १० बर्ष पछी फेरी कान्तिपुरमै आवद्ध भएका हुन्  । 

कान्तिपुरले आज उसको बारेमा पहिलो पृष्ठमा समाचार लेख्दै ‘उहाको अनुभव, इमानदारीता र व्यावसायिकताका कारण हामीले उहालाई फेरि फर्काएका छौं, उहाको नेतृत्वमा कान्तिपुरले थप उचाइ लिनेछ ।’ भन्दै लेखेको छ । समारोहमा नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफूले ‘टिम वर्क’ मा विश्वास गर्ने उल्लेख गर्दै भविष्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाइमा पुर्याउन सबैलाई साथ लिएर काम गर्ने बताए । उनले भने ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें । यसबीच मैले सगालेको अनुभव र सिकेको सीप प्रयोग गर्नेछु,’ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से