२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षमा कृषि उत्पादन यसरी बनाइदैछ दोब्बर

३२ असार २०७५, सोमबार ०२:२०

असार ३२, काठमाडौँ | पाँचवटा कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ । यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि उपजको उत्पादन प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशतका दरले वद्धि गर्दै लैजान पाँच वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलको क्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान, मकै, गहुँ, तरकारी र फलफूल बालीमा पाँच वर्षमा उत्पादन दोब्बर बनाउन सकिने प्रस्ताव अगाडि सारेको हो ।

मन्त्रालयका तर्फबाट सचिव डा.युवकध्वज जीसीले आर्थिक वर्ष २०७५/७६ को मार्गचित्र प्रस्तुत गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन्। आव २०७५/७६ को बजेटमार्फत सरकारले पाँच वर्षमा कृषिका प्रमुख उत्पादन दोब्बर बनाइने घोषणा गरेको छ ।

प्रत्येक वर्ष १५ प्रतिशत वृद्धिदर हासिल गर्न निकै कठिन भए पनि कृषि गार्हस्थ उत्पादन दोब्बर वा किसानको आम्दानी दोब्बर बनाउन भने सम्भव रहेको सचिव जीसीले बताए। उनले भने, ‘कृषि क्षेत्रको अर्थतन्त्रमा गुणात्मक प्रभाव १.५ प्रतिशत रहन्छ। १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कृषि क्षेत्रमा कम्तीमा ६.७ प्रतिशत वृद्धि गर्नुपर्छ।’

- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता