२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला घटनामा प्रहरीले झूट बोल्नुको कारण यस्तो

२०७५, ५ श्रावण शनिबार ०३:५६

साउन ५, काठमाडौं | जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।

प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा. तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको बतायो ।

नागरिक दैनिकको पृष्ठ २ मा प्रहरीका दुई झुट शिर्षकमा समाचार छापिएको छ । आफ्नो गल्ती ढाकछोप गर्न प्रहरीले उल्टै सञ्चार माध्यमलाई उपदेश दिँदै ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण नगर्न’ अपिलसमेत गरेको थियो । आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भिड नियन्त्रण गर्ने स्थिति किन बन्यो ? 

यस्तै कान्तिपुरको पृष्ठ २ मा किन झुट बोल्यो प्रहरीले शिर्षकमा समाचार छापेको छ । समाचर अनुसार, जुम्लाका डीएसपी तपनकुमार दाहालले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ? प्रहरी प्रवक्ता शैलेश थापाले भने,  ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ।' 

कान्तिपुरले लेखेको छ, भीड नियन्त्रणका बेला होस् या अन्य, गलत सन्देश प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी हो , त्यसले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से