२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, आजैदेखि विभिन्न देशका राष्ट्र र सरकारप्रमुख आउने

१२ भाद्र २०७५, मंगलवार ०१:५८

भदौ १२, काठमाडौँ | बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ ।

पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो ।





पाहुनाको स्वागतका लागि सिनामंगलमा बनाइएको स्वागत द्वार


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका राष्ट्र प्रमुख पाहुनाको स्वागतका लागि सिनामंगलमा बनाइएको स्वागत द्वार ।
सिवी अधिकारी । रासस


राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ । आज मंगलबारबाट विभिन्न देशका राष्ट्र र सरकारप्रमुखको उपस्थित हुने भएकाले काठमाडौँलाई दुलही झै सिगारिएको छ ।

विमानस्थलदेखि, सोल्टी होटल, रत्नपार्कदेखि राष्ट्रपति भवन, चावहिलदेखि हायात होटल , थापाथलीदेखि कुपण्डोल हुदै पाटन दरबार क्षेत्रको सडक सिगारिएको छ । सडक छेउका फुटपाथमा रातारात ब्लक छापिएको छ भने पोलमा जेलिएको तार हटाइएको छ ।

- यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता