२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५: डेढ महिनामा ३३ बलात्कार

१३ भाद्र २०७५, बुधबार ०२:४२

भदौ १३, नेपालगन्ज | प्रदेश ५ मा बलात्कारका घटना डरलाग्दो रुपमा बढेका छन् । 

गत साउन यता यो प्रदेशका १२ जिल्लामा जबरजस्ती करणीका ३३ वटा घटना भएका छन् । 

प्रदेश सभासद कृष्णा केसी बलात्कार सामाजिक विकृतिका रुपमा देखिएको बताउँछिन् । जसलाई अशिक्षा, बेरोजगारीजस्ता समस्याले प्रोत्साहन गरिरहेको छ । 

उनले भनिन्, घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने मान्यता बढेको छ । यो राम्रो पक्ष हो । अझ धेरै घटना सार्वजनिक भएका छैनन् । कतिपय घटना परिवारभित्रै लुकाइन्छ । कति प्रहरीकहाँ गएर मिलाउने प्रयास गरिन्छ । कतिपय अवस्थामा दोषीलाई कम सजाय दिलाउन दबाब पर्छ । 

साउनयता बलात्कारका घटना बाँके, प्युठान र दाङमा धेरै भएका छन् । बाँके र प्युठानमा समान ६ र दाङमा ५ जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । 

रुपन्देहीमा ४, नवलपरासीमा १, कपिलवस्तुमा २, पाल्पामा ३, रोल्पामा १, रुकुम (पूर्व)मा १, बर्दियामा ४ वटा मुद्दा दर्ता भएको छ । 

गुल्मी र अर्घाखाँचीमा जबरजस्ती करणी उद्योगको एउटा पनि मुद्दा दर्ता भएको छैन । 

- नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता