३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्वारानकै दिन छोरीको हत्या, यस्तो छ हत्यारा आमाको बयान

१३ भाद्र २०७५, बुधबार ०३:२०

भदौ १३, गोरखा | गोरखाको सिरानचोक २, थालाजुङको खमारमा ५ दिनदेखि हराएको भनिएकी ११ दिने शिशुको न्वारानकै दिन हत्या भएको खुलेको छ । सोधपुछका लागि आमा १७ वर्षीया रश्मी गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिशुको शव घरभन्दा ३ सय मिटर पर बारीमा मंगलबार भेटिएको छ । 

साउन २८ मा जन्मिएकी ११ दिने छोरी हराएको भन्दै आफन्त र गाउँले समेत चिन्तित थिए । मध्यरातमा फोनबाट उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । ‘रश्मीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरको स्विकारेकी थिइन्, ।  प्रहरीका अनुसार मंगलबारको बयान अनुसार प्रहरीले घर नजिकैको बारीमा बोराले बेरको अवस्थामा खाल्डोभित्र शव भेटेको थियो । 

रश्मी र गाउँकै १९ वर्षीय सबल भण्डारीले वर्षदिनअघि विवाह गरका थिए । छोरीले अन्तर्जातीय विवाह गरेकोमा रश्मीका माइती पक्ष असन्तुष्ट थिए । छोरीलाई छुटाउन प्रयास भइरहेको अवस्थामा घटना भएको बुझिएको भन्दै प्रहरीले अनुसन्धानका लागि रश्मीकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएको छ । पारिवारिक स्रोतका अनुसार घटना भएको रात करिब १२ बजे रश्मीले स्तनपान गराउन भन्दै बच्चा लिएर घरको भित्र–बाहिर गरेकी थिइन् ।

बयान अनुसार रातमा उनले घर नजिकैको बासको झ्याङमा बच्चा छाड्दा पानी दर्किरहेको थियो, बास झ्याङमा छोरी छाडेर पिढीमा आएर बसेकी रश्मीले बच्चा रोइरहेको सुनेपछि छाडेको ठाउँमा फेरि पुगेकि थिइन् । त्यतिबेलासम्म बच्चाको कानमा पानी जमिसकेको थियो । मुटुको धड्कन भने चलिरहेको थियो, अनि खाल्डो खनेर बच्चा राखेर माटोले पुरिदिएकि थिइन् । खाल्डो खनेर नवजात छोरीलाई पुरेपछि पिढीमा आएर बसेकी रश्मी पुनः पुरको ठाउमा पुगिन् । अन्तिम पटक जाँदा छोरीको अनुहारको भागमा माटो फालेर फर्किएकि थिइन् । 

उनलेप्रहरीलाई दिएकोबयानमा भनेकी छन्, ‘सास फेर्छ कि भनेर मुखको माटो फालिदिएको हुँ ।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध