२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट १५८ यात्रु बोकेर नेपाल आएको जहाजमा चरा ठोक्किएपछी ग्राउन्डेड

२३ भाद्र २०७५, शनिबार ०२:०५

भदौ २३, काठमाडौं | मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको थियो । 

कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको समाचारमा भनिएको छ, नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।  

तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो । 

निगमको प्राविधिक स्रोतका अनुसार जहाजमा एउटा मात्र नभई चराहरूको बथान नै ठोक्किएको आशंक गरिएको छ । तर, कुन प्रजातिको चरा हो भन्नेबारे पहिचान खुलेको छैन ।

समाचारमा उल्लेख भएअनुसार, शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्र/बाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेका थिए । 

- यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता