२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा जान चाहने बेरोजगार युवाहरुसँग दैनिक ५० लाख लुट !

२०७५, २४ भाद्र आईतवार ०१:४४

भदौ २४, काठमाडौँ | स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ।

वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्।

जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्य मात्रामा हुने गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको साउनमा मेनपावर र तिनका ऐजेन्टले १० करोड ८९ लाख रुपैंयाँ ठगेको भन्दै उजुरी परेको छ।

बेरोजगार ठग्ने मेनपावरको तुलनामा एजेन्ट अगाडी छन्। साउन मेनपावर(संस्थागत) ठगेको भन्दै ५ करोड ८ लाख रुपैंयाँ दावी गरिएको छ।

त्यस्तै बेरोजगारबाट व्यक्तिगत(एजेन्ट) तबरले ५ करोड ८१ लाख रुपैंयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ। सरकारले वैदेशिक रोजगारका क्रममा हुने ठगी रोक्न अनेक प्रयास गरे पनि यसमा सुधार आउन सकेको छैन्। पछिल्लो समयमा रोजगारीमा जानेको संख्या घटे पनि ठगी धन्दा बढिरहेको छ। 

सरकारले बैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्ने प्रयास गरेपनि यसमा सुधार आउन सकेको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि ठगी धन्दा बढीरहेको छ । 

यो खबर आजको नागरिक दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने