२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहारा दिने नाममा तीन दिनसम्म कोठामा थुनेर बालिका बलात्कार

२०७५, २६ भाद्र मंगलवार ०१:५१

भदौ २६, ललितपुर | ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती ११ बर्षीय बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।

बसपार्क पुगेर झर्ने क्रममा ‘कता जाने अब घरमा जान मन छैन’ भनेपछि कीर्तिपुर बस्दै आएका कैलालीका हेमबहादुर खत्रीले ‘मेरो डेरा जाऊँ’ भन्दै प्रस्ताव राखे । सुरुमा बालिकाहरु अनकनाएपछि दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भएका थिए । डेरा पुगेपछि दुवैलाई खाना पकाएर खुवाए र राति सँगै सुते । 

१३ वर्षीया बालिका निदाएपछि उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । त्यसपछि तीन दिनसम्म खत्रीले दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर आइतबार बल्खु प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सोधपुछ गर्दा उनीहरू भदौ २१ गतेदेखि घर नआएको पत्ता लागेको थियो ।

१३ वर्षीया बालिकाकै सूचनाका आधारमा प्रहरीले कीर्तिपुरमा डेरा गरी बसेका खत्रीको डेरा फेला पार्यो । ११ वर्षीया बालिका रोइरहेको अवस्थामा फेला परेकी थिइन् । तर खत्री कोठामा भेटिएनन् । प्रहरीले खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने