२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा रेल जोड्न चीन आतुर, नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ?

२७ भाद्र २०७५, बुधबार ०४:१४

भदौ २७, काठमाडौँ | काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छौं, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ?

चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा चुले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ ।

ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’

ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’ 

- अन्नपुर्ण पोष्टमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता