२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्मलालाई हत्या गर्नेले प्रमाण नष्ट पार्न खोजे, प्रहरीले पनि नष्ट गरेको छ’

२ आश्विन २०७५, मंगलवार ०१:३२

असोज २, काठमाडौँ | निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन । 

निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निर्क्यौल निकाल्न सकेको छैन। बलात्कार र हत्यामा कति जना संलग्न थिए भन्नेमा प्रहरी अनभिज्ञ छ ।

निर्मला पन्त घटनाको छानविन गरिसकेको उच्च्सतरीय छानविन समिति निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन । 

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपुर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निर्क्यौल छानविन समितिको छ । 

हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ, उच्चस्तरीय छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौँ, । अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाई छ ।

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संलग्न भएको छैन । 

प्रहरीले नियतवश सबै प्रमाण नष्ट गरेको भएमा भेजिनल स्वाबको नमुना पनि विश्वसनीय नहुनेमा छानविन समितिभित्रै सदस्यले आवाज उठाएका छन् ।

त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिएनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन, एक सदस्यले भने, त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने थाहा छैन । छ ईन्च पानी जमेको ठाउँमा टोप्टो पारेर शव फालिएको थियो । 

त्यो शवको भेजिनामा पानी पसेर स्पर्म पदालिएन भनेर कसरी विश्वास गर्ने उनले भने । धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको उनले बताए । 

- आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता