२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटक भिषामा सेटिङ ! विमानस्थलमै मानव तस्करीको सेटिङ

२०७५, ४ आश्विन बिहीबार ०१:०३

असोज ४, काठमाडौँ | दुबई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँ दिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाइदियो । पर्यटक भिसामा गएका उनीहरूका पासपोर्टमा ‘लोप्रोफाइल’ भन्ने टिप्पणीसमेत लेखिदियो । उनीहरू त्यसअघि कुनै देश गएका थिएनन् ।पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्यागमनले मानव तस्करको सञ्जालमा परको आशंका गर्यो । तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करीको सेटिङ चालु रहेको आशंका बढेको छ ।

पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउनेर त्यहींबाट मानव तस्करी गर्ने समूहहरू सक्रिय रहेको अघिल्लो महिना पनि पाइएको थियो । साउन १ गते एयर अरबिया र फ्लाई दुबईमार्फत दुबई उड्न आटेका ५० यात्रु अफलोड गरिएका थिए । 

विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागमन अधिकृत भीमराज पोख्रेलले दूरदराजको गाउबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरूको पर्यटक भिसामा शंका गररे रोके । तर उनकै सहकर्मीहरूले उडान अनुमति दिइसकेका थिए । त्यसको भोलिपल्ट पनि पर्यटक भिसामा दुबई जान आटेका ३५

जना यात्रुलाई पोख्रेलले नै अफलोड गरिदिए । विमानस्थल अध्यागमनमा होहल्ला भयो । ती यात्रुले कतै उजुरी गरेनन् । पोख्रेल बिदामा बसेका बेला फरक– फरक मितिमा ती सबैजना दुबई उडेरै छाडे । पोख्रेल काममा फर्केपछि टिक्न सकेनन् । लगत्तै उनको सरुवा मोरङ कारागारमा भयो । 

- यो अमाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने