२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्मला पन्तको हत्यारा १२ बर्ष पछी पनि पत्ता लाग्न सक्छ’ – प्रधानमन्त्री

१५ आश्विन २०७५, सोमबार ०१:०२

असोज १५, काठमाडौँ | निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । 

पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहंदा पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको प्रसंग जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका हुन् । 

कञ्चनपुरकी १३ वर्षीया पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अनुसन्धानका लागि सरकारले थुप्रै तहमा टोली खटाए पनि परिणाम निस्कन सकेको छैन । ‘कसैको संलग्नता ढाकछोप गर्ने प्रयासस्वरूप अपराधी पत्ता लगाउन अलमलिएको हुन सक्छ तर सबै ठाउमा पत्ता नलागेको छैन,’ प्रधानमन्त्री ओलीले निर्मलाको बलात्कार र हत्या प्रकरणबारे सोधिएको प्रश्नमा भनेका छन्, ‘अपराधी पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ । 

१२ वर्षअगाडिका अपराध अहिले पत्ता लागिरहेका छन् । यस्ता घटना पत्ता लाग्न कहिले–कहिले १२ वर्ष पनि लाग्दो रहेछ ।’ – आजको कान्तिपुर दैनिकमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते