२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको दैलोमा नपुग्दै दनादन, कागज तलमाथि पारेर ४९ अर्बमा सरकारी सम्झौता

२०७५, १७ आश्विन बुधबार ०२:३०

असोज १७, काठमाडौँ | सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो । 

तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाति पारेर ४९ अर्बमा सकिने गरी सरकारी सम्झौता बनाइँदैछ । र, यो पनि प्रहरीकै अनुसन्धानको मामिला बनिरहेको छ । 

कास्कीको वीरेठाँटीदेखि मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्म केबुलकारको ८५ दशमलव ५ किलोमिटर यात्रा हुने परियोजनामाथि भएको घोटलाको प्रसंग हो यो । 

शंकरमान डंगोल संस्थापक अध्यक्ष रहेको मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात कीर्ते गरेबापत अध्यक्षसहित दुईजना सञ्चालक निकालिएका छन् । 

तर, न निकालिएका अध्यक्ष यसबारे जानकार छन्, न उनको हस्ताक्षर र निर्णय पुस्तिका कतै छ । तर, कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नयाँ व्यवस्थापन समितिका पदाधिकारीले शेयर प्रमाणपत्र हात पारिसकेका छन् । उक्त कम्पनीमा पहिला शंकरमानिसहित योगेन्द्रचनद्र पालिखे, प्रकाशबहादुर सिंह, हरिप्रसाद तम्चा, पुष्पकरमान श्रेष्ठ, दिवाकरकुमार ओझा, रोशन सहनी र तुलसीमान सिंह सञ्चालक थिए ।

तर, रोशन र तुलसीमान विदेशमा रहेको र अध्यक्ष शंकरमानले राजीनामा दिएको भन्दै नक्कली कागजात पेश गरी शेयर विक्रिको प्रमापत्र तयार पारिएको उजुरी परेको छ । 

- आज प्रकाशित जन आस्था साप्ताहिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने