२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्यकहाँ पैसा पुगेपछि बल्ल चाल पाए बादलले विप्लवको माग !

२०७५, १७ आश्विन बुधबार ०२:४६

असोज १७, काठमाडौँ | भर्खरै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके । 

तर, तत्कालीन माओवादी कार्यकर्ता अच्चम मान्दै छन्, आखिर किन रामबहादुर थापा बादल प्रकाण्डको पछि यति हात धोएर लागेका होलान ? 

पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो । 

अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबाजरतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समुह छाडी फर्किएका एकजनाले फ्याटटै भने, उमा भुजेललाई पनि त्यस्तै, गर्नुपर्ने । 

तत्कालीन एमाले कार्यकर्ताले सोधे, किन ? 

उनीहरुको झगडा रहेछ, करोडको । पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिने रहेछन् । 

शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्याकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि प्रचण्डसँग विप्लवहरु सशंकित छन्, कुराकानी हुन छाडेका छन् । 

नत्र, तीन बर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्वलालार्ई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाईएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए । विप्वलले त्यसको आधा रकम आफुमार्फत खर्च हुनुपर्ने माग गरे । 

बादलले बैद्यलाई नदिने भन्दै थिए, त्यहि दिनबाट हो, बादल र विप्वलवबीच चर्काचर्की परेको । 

पछि वैद्यले आफुसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्वलवलाई दिए । 

विप्वलव पैसा पाउनसाथ चीन गए । 

किन गए ? कसले बोलाएर गए ? यी केहि कुरा पार्टीमा भनेका थिएनन् । वैद्यले सोध्दा पनि साथीले बोलाएको मात्रै भने ।

- आज प्रकाशित जनआस्थासाप्ताहिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने