२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवको चुनाव लड्ने ‘च्याप्टर क्लोज’

२६ आश्विन २०७५, शुक्रबार ०१:५७

असोज २६, काठमाडौँ | आज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् ।

चुनाव लड्न हच्किए गौतम शिर्षकमा नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, नेकपाका नेता वामदेव गौतम काठामडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।

काठमाडौं ७ बाट वामदेव नलड्ने शिर्षकमा नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ। समाचारमा लेखिएको छ, पार्टीभित्र तथा बाहिरबाट चर्को दबाब आएपछि नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । चौतर्फीरुपमा नेता गौतमको चर्को आलोचनाका कारण उनले आफू कहीँबाट पनि उपचुनावमा सहभागी नहुने घोषणा गरेका छन् । 

हच्किए गौतमशिर्षका अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् । उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । 

वामदेव फेरी 'ब्याक' शिर्षकमा राजधानी दैनिकले पृष्ठ ३ मा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक