२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फसाइन् फेसबुक फ्रेन्डले, भिडियो खिचेर एक करोडको माग

८ कार्तिक २०७५, बिहीबार ०२:२६

कात्तिक ८, काठमाडौं | केही महिनाअघि एक प्रतिष्ठित म्यानपावर व्यवसायीले फेसबुकमा निशा अधिकारीका नाममा आएको ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरे । छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते कार्यालयमै भेट्न पुगिन् । त्यसपछि घटनाले जुन मोड लियो, व्यवसायी त झस्किए नै, अनुसन्धानमा जुटेको प्रहरीलाई समेत अचम्ममा पारिदियो ।

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

नाम इन्दु र घर झापाको बुधबारे बताउने ती युवतीले व्यवसायीको कार्यकक्षमा ‘भिडियो अन’ गरेर गोप्य रूपमा मोबाइल राखेकी रहिछन् । क्यामेराले खिचिरहेका बेला ती युवतीले व्यवसायीलाई अंगालो मारिन् र चुम्बन गरिन् । केही दिनपछि आफूलाई गणेश लामा बताउने एक युवकले मोबाइलमा आईएमओमार्फत व्यवसायीलाई उक्त भिडियो पठाए । सँगै धम्की पनि दिए– एक करोड रुपैया नदिए उक्त भिडियो सामाजिक सञ्जाल र युट्युबमा राखिदिने ।

प्रहरी स्रोतका अनुसार भिडियो बनाउने युवती र धम्क्याउने युवक दुवै जना म्यानपावर कम्पनीका एजेन्ट हुन्। उनीहरूले सजिलै मनग्गे कमाउने उद्देश्यले ती व्यवसायीलाई जालमा पारेको खुलेको छ । भिडियो आएपछि आत्तिएका उनी केही लाख रुपैया दिएर समस्या सल्टाउने मनस्थितिमा पुगेका थिए । तर, रकममा कुरा नमिलेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी लिएर पुगे ।

कात्तिक ६ गते महाशाखाले गौशालाबाट बद्री लामिछाने र इन्दिरा उप्रेतीलाई पक्राउ गर्यो । ठगी धन्दामा संलग्न इन्दिराले निशा अधिकारीका नाममा फेसबुक चलाएकी थिइन् भने बद्रीले आफ्नो 

नाम गणेश लामा बतँएर रकम असुल्न खोजेका थिए । एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरूले धनाढ्य व्यापारीलाई फेसबुकबाट साथी बनाउने, भेटघाटको बहानामा भिडियो खिच्ने र रकम असुल्ने

योजना बनाएको पाइएको छ ।

पछिल्ला १६ महिनामा मात्रै महाशाखामा यस्तै प्रकृतिका तीन उजुरी परिसकेको उनले जानकारी दिए । ‘युवती प्रयोग गरेर व्यापारीबाट रकम असुल्ने क्रम बढ्दै गएको छ,’ उप्रेतीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट