२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण सेलाउन नपाउंदै फेरी १२ बर्षीय बालिका शंकास्पद अवस्थामा फेला

२०७५, २६ कार्तिक सोमबार ०३:४७

कात्तिक २६, उदयपुर | बाख्रा चराउन गएकी उदयपुर रौतामाई गाउँपालिका–३, अमलाकी १२ वर्षीया बालिका घरनजिकैको जंगलमा आइतबार मृत फेला परकी छन् । 

स्थानीय दुर्गबहादुर खडकाकी छोरी एन्जिला बुर्खाडाडा जंगलमा शनिबार बाख्रा चराउन गएकी थिइन्। घरभन्दा करिब ७ सय मिटरको जंगलमा खुट्टा खुम्चिएको, मुखमा नेपकिनजस्तो कागत कोचिएको, सुरुवाल खुलेको र कोल्टे परको अवस्थामा शव भेटिएको मृतकका काका समेत रहेका रौतामाई गाउपालिका–३ का अध्यक्ष दुर्गाराज खड्काले बताए । ‘शवको प्रकृति हेर्दा शंकास्पद छ,’ दुर्गाराजलेभने, ‘एन्जिलाले लगाएको कपडा खुलेको, घाटीमा चिथोरको र मुखमा कागत कोचिएकाले बलात्कारपछि हत्या भएको हुन सक्छ ।’

शव भेटिएको स्थानमा सामान्य बुट्यान भएको, बेखबर भएलगत्तै खोज्दा नभेटिएको र शनिबार मात्र शव भेटिनुले हत्या गरेर शव फालिएको हुन सक्ने उनले बताए । साँझपख बाख्रा घर फर्किए पनि एन्जिला नआउदा उनका दिदी, भाइ र स्थानीयले शनिबार साँझ गाउँ-घर र जंगलमा खोजी गरेका थिए । 

एन्जिलाका बुवा दुर्गबहादुर तिहार मान्दै त्रियुगा नगरपालिका चुहाडेस्थित घर गएको र आमा माइती गएकाले घरमा उनीहरू तीन जना मात्र थिए । बुवाआमा नभएको र घरमा दिदीभाइ मात्रै भएकाले छरछिमेक, स्थानीय र आफन्तले एन्जिलालाई मध्य रातिसम्म खोजी गरका थिए तर नभेटेपछि परिवारका सदस्य र स्थानीय सहितले आइतबार खोजी गर्दा दिउसो मात्रै जंगलमा शव भेटेका थिए ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने