२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ अभियुक्तले स्वीकारे निर्मला पन्त हत्या, घटनाका ८० प्रतिशत कुरा मिल्दोजुल्दो !

२०७५, २२ मंसिर शनिबार ०२:०५

मंसिर २२, काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको विषय परेको छ । त्यस्तै, निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ दुई अभियुक्तले अपराध स्वीकारेको खबर पनि आजको पत्रिकामा छापिएको छ । तर, यो समाचार सबै पत्रिकामा नभएर नयाँ पत्रिका दैनिकमा मात्र छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकारेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीर्आइबी)लाई स्रोतको हवाला दिँदै नयाँ पत्रिकाले लेखेको समाचारमा प्रदीपले गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको बताएका छन् । पछि विशालले समेत उनलाई बलात्कार गरेको र निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको वयान दुवै जनाले दिएका छन् ।

‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नयाँ पत्रिकासँग भनेका छन्, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका बेला उनीहरु त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरुको संलग्नताको आधार बलियो बनाएको हो ।’

नयाँ पत्रिकाले प्रमुख समाचार भने विश्वविद्यालयमा छात्रभन्दा छात्रा धेरै भएको विषयलाई बनाएको छ । समाचार अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा १९ हजार ८२ छात्रा बढी छन् । विद्यार्थीको हिसाब किताबसँगै छात्र कम हुनुको कारणसमेत नयाँ पत्रिकाले खोजबिन गरेको छ ।

सिक्टा सिँचाइ भ्रष्टाचार आरोपमा पूर्वमन्त्रीसहित २१ विरुद्ध मुद्दा दायर भएकोलाई अन्नपूर्णले प्रमुख समाचार बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुरवीर महासेठले नागढुंगा–सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेको अर्को खबरलाई पनि अन्नपूर्णले प्राथमिकतापूर्वक छापेको छ ।

समाचार अनुसार, जापान सरकारको सहुलियत ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन् । यही प्रयोजनका लागि मन्त्रीले आयोजनाको सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा मगाएको दाबी समाचारमा गरिएको छ ।

बाघको आक्रमणबाट बालबाल बचेका व्यक्ति नै पछि बाघको संरक्षणमा जुटेको रोचक कथा पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

‘सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर’ शीर्षक दिएर कान्तिपुरले सांसद आवासबारे मुख्य समाचार लेखेको छ ।

कान्तिपुर लेख्छ– सांसद आवासका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार सांसद् आवास भवन बनाउन छुट्याइएको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ । मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ ।’

नागरिकले नेकपामा असन्तुष्टि चुलिएको लेखेको छ भने राजधानीले ‘तारो माइतीघर’ शीर्षक दिएर मुख्य समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने