१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगोले खायो ८७ घर, पिउने पानीसमेत छैन

१० पुष २०७५, मंगलवार ०२:५९

पुस १०, कालिकोट । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् ।


स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका झन्डै ६ सय नागरिक लत्ताकपडाविहीन भएका छन् ।

समुन्द्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको विकट बस्तीमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा स्थानीयका घर, चौपाया र धनमाल नष्ट भएका छन् ।

आगोका कारण धुवाँको मुस्लोले छोपिएको गाउँ आगो नियन्त्रणमा आएसँगै सोमबार बेलुकीबाट खुल्न थालेको छ ।

५४० जना खुला आकाशमुनि बस्न बाध्य छन् । घटनास्थलमा छिमेकी गाउँका बासिन्दा, सुरक्षाकर्मीलगायत परिचालित भए पनि अझै पीडितका लागि बास र कपडाको उचित प्रबन्ध हुन सकेको छैन ।

सदरमुकामबाट घटनास्थलसम्म पुग्ने मोटरबाटो नहुँदा उद्धारकर्मी ५ घण्टाको उकालो हिँडेर ढिलो गरी पुग्नुपरेको थियो । राति दुई बजेबाट आगलागी सुरु भए पनि घटनास्थलमा प्रहरी र सेनाको टोली हिँडेर बिहान उज्यालो भएपछि मात्र पुग्यो ।

आगलागीले गाउँमा रहेको एउटा मात्र खानेपानीको पाइप जलेपछि स्थानीयवासीसँग पिउने पानीसमेत छैन । सिंगो गाउँका लागि गाउँको बीचमा बनाइएको १४ हजार लिटरको ट्यांकीमा संकलन गरेको पानी बाडीचुँडी खाँदै आएका स्थानीयसँग अब तत्काल पानीको स्रोतसमेत छैन । राजधानी दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल