पुस १३, काठमाडौँ | हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्धी पूर्व जानकारी मोबाइलमा पठाउने व्यवस्था गरेको छ ।
प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।
पत्रपत्रिकाबाट