२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगर होस् या घरको छत ! माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु

१४ पुष २०७५, शनिबार ०२:३४

पुष १४, बुटवल । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत । जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ ।

रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन् । आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन् । यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन् । माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ ।

पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । त्यहाँ उनले १० वर्ष बिताए । होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए । त्यहीं उनले माटोविहीन तरकारी खेती देखे ।

नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे। र, काममा लागे । यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। यसलाई कोकोपिट पनि भनिन्छ । जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ । सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ । जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो । गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पुर्याइन्छ । पोषक तत्वले बाली फस्टाउँछ र फल दिन्छ ।

यसरी खेती गर्न ग्रिन हाउस चाहिन्छ। विषादी पनि हालिँदैन। ‘बाहिरको हावापानी आवश्यक हुँदैन । गर्मी भए सेडभित्र जडित पंखा आफैं चल्छ, चिसो भए बन्द हुन्छ’, पौडेलले भने । यो तरिकाबाट फलेको तरकारीको आकार भने माटोमा उत्पादन भएजस्तो ठूलो हुँदैन । 

अढाई सय ग्रामसम्मको फल उत्पादन हुन्छ । श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत रामबहादुर खत्री बताउँछन् । कम जग्गामा पनि हाइड्रोपोलिक प्रविधिबाट तरकारी खेती गर्न सकिने उनले बताए । ‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ’, उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ ।’

सलादका रूपमा यी उपज बढी बिक्री हुने उनको विश्वास छ । बुटवल मण्डपमा जस्तै उनले विष्णुपूरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली