२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकले आफ्नो पारिश्रमिकबाट सरकारलाई ठूलो मात्रामा कर तिर्नुपर्ने व्यवस्था गरिँदै

१४ पुष २०७५, शनिबार ०२:४९

पुस १४, काठमाडौं । श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ल्याएपछि सरकारले अहिले बोनस ऐन, २०३० लाई संशोधन गर्न बनेको विधेयकको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको छ ।

दर्ता भएको ऐनमा श्रमिकले आफ्नो पारिश्रमिकबाट ठूलो मात्रामा सरकारलाई कर तिर्नुपर्ने व्यवस्था गरिँदा दक्ष जनशक्ति विदेश आकर्षित हुने देखिएको छ ।

सरकारले गत ९ पुसमा बोनस ऐन संशोधनका लागि संसद्मा विधेयक दर्ता गरेपछि उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाहरूले विरोध जनाएका छन् । 

श्रमिकलाई सेवा दिनेभन्दा पनि श्रमिकलाई मर्का पर्ने गरी कानुन बनाउन लागिएकामा श्रमिक र ट्रेड युनियनसँग सम्बन्धित व्यक्तिले विरोध जनाएका हुन् । उनीहरूले यो संशोधन जस्ताको त्यस्तै पारित हुन नहुने भन्दै उद्योगी, बैंकर र श्रमिक सबैले एकैसाथ आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् ।

बोनस ऐन, २०३० मा कुनै पनि कम्पनीले प्राप्त गरेको मुनाफाको १० प्रतिशत रकम बोनसका रूपमा छुट्याउनुपर्ने व्यवस्था छ । सो रकमबाट कम्पनीका श्रमिक वा कर्मचारीले तलब स्केलका आधारमा नगद लाभांशका रूपमा बोनस रकम पाउँछन् ।

जसअनुसार न्यूनतम पारिश्रमिक लागू हुनुअघि कुनै कम्पनीमा ५ हजार मासिक तलब थाप्दै आएका श्रमिकले ६ महिनाको, ५ देखि १५ हजार तलब पाउनेले ४ महिनाको र १५ हजारभन्दा बढी तलब पाउनेले ३ महिनाको तलब बराबरको बोनस पाउँदै आएका थिए । श्रम ऐनले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेपछि अहिले सबै श्रमिकले ३ महिनाबराबरको तलब बोनसका रूपमा पाउँछन् । राजधानी दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली