२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपी बढुवाको बाटो खुलेन, आयोगले गरिदियो अस्वीकार

२१ पुष २०७५, शनिबार ०२:५५

पुस २१, काठमाडौं । साढे तीन महिनादेखि खाली नेपाल प्रहरीका १५ एसएसपीको पदपूर्ति तत्काल गर्न प्रहरी नियमावली संशोधन गर्न लागिएकोमा लोकसेवा आयोगले अस्वीकार गरेको छ । 

लोकसेवाले प्रहरी नियमावली संशोधन गर्न नमिल्ने राय गृह मन्त्रालयलाई दिएको हो । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ । 

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान हेरफेर गरेर तीनवर्षे पदावधि कायम गर्दै बढुवा प्रक्रिया बढाउने तयारीमा मन्त्रालय थियो । 

तर, लोकसेवाले प्रावधान फेर्न सहमति नदिएपछि अब आगामी फागुनमा मात्रै एसएसपीमा बढुवा हुने भएको छ । अहिलेका एसपीहरूको पदावधि १० फागुनमा चार वर्ष पुग्छ । 

लोकसेवाले नियमावली परिवर्तन गर्नुभन्दा संघीय प्रहरी ऐनमै एसपी बढुवाका लागि तीनवर्षे पदावधिको प्रावधान राख्न सुझाब दिएको छ । संघीय प्रहरी ऐनको मस्यौदा ६ महिनादेखि कानुन मन्त्रालयमा छ । 

कानुन मन्त्रालयले नियमावली संशोधनका लागि समेत सहमति दिएको थियो ।  सर्वोच्च अदालतले बढुवाबाट पूर्ति हुने कुनै पनि पदमा तीन महिनाभित्र बढुवा गर्न सरकारलाई आदेश दिएको थियो । 

सर्वोच्च अदालतको आदेशअनुसार नै नियमावली संशोधन प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिका पदाधिकारीलाई कारबाही गर्नसमेत सर्वोच्चको फैसलामा भनिएको छ । 

पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली