२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

२०७५, २४ पुष मंगलवार ०३:१०

पुस २४, काठमाडौँ | १५ हजार दिनुस् । आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४:१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

विहान १२ बजे। कार्यालयमा भिड थियो। सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए। व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे। एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए। उनी बेलाबेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे। खतिवडा भन्थे, ‘कति फिटको बाटो छ ? ’ ती व्यक्ति सुस्तरी कुरा गर्थे। एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालय भित्र छिरे। चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे ।

करिब २ घन्टापछि फेरि खतिवडा बाहिर आए । फेरि सुरु भयो दुईजनाको खासखुस। खतिवडाले भने, ‘बाटो काटेर मिलाउदा १२ सम्म त हुन्छ होला।’ ती व्यक्तिले अनविज्ञता जनाए। अन्तमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने