२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

२४ पुष २०७५, मंगलवार ०३:१०

पुस २४, काठमाडौँ | १५ हजार दिनुस् । आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४:१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

विहान १२ बजे। कार्यालयमा भिड थियो। सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए। व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे। एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए। उनी बेलाबेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे। खतिवडा भन्थे, ‘कति फिटको बाटो छ ? ’ ती व्यक्ति सुस्तरी कुरा गर्थे। एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालय भित्र छिरे। चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे ।

करिब २ घन्टापछि फेरि खतिवडा बाहिर आए । फेरि सुरु भयो दुईजनाको खासखुस। खतिवडाले भने, ‘बाटो काटेर मिलाउदा १२ सम्म त हुन्छ होला।’ ती व्यक्तिले अनविज्ञता जनाए। अन्तमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली