२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब यात्रुबाहक वाइडबडीमा एकाएक माहुरी झुम्मियो …

२ माघ २०७५, बुधबार ०३:०९

माघ २, काठमाडौँ — काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्‍यो । 

विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो, ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए। अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइयो।

रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एक ढिक्का भएर बसे। ग्राउन्ड ह्यान्डिलिङ्ग गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राक्ने काम सकेर कार्गो ढोका बन्द गरे। जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सीवेमा पुर्‍याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको बेगले उड्न थाले। माहुरी भागेपछि रिमोट पार्किङमा लैजानु पर्ने झन्झट टर्‍यो। ‘यदि माहुरीको गोला पखेटाबाट नडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो,’ सम्बद्ध स्रोतले भन्यो, ‘तर पनि माहुरीकै कारण विमान ४० मिनेट ढिलो भयो।’ उक्त विमानको कमान्डर पाइलटमा एमएम डंगोल थिए।

निगमका अर्का पाइलटका अनुसार बैंङलोरमा जहाजमा माहुरी झुम्मिएको यो तेस्रो घटना हो। ‘यसअघि अन्य कम्पनीका विमानलाई माहुरीले असर पुर्‍याएको थियो,’ ती पाइलटले कान्तिपुरसँग भने, ‘हाम्रो विमानका लागी यो पहिलो घटना हो।’ यदि कामदारले असावधनीबस औषधि छर्केको भए त्यहाँ रहेका अन्य विमानका यात्रुलाई माहुरीले आक्रमण गर्ने सम्भावना थियो। तर, संयोगबस त्यस्तो हुन पाएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली