२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण: बम दिदीबहिनीले काठमाडौं आएर पोखे यस्तो दुखेसो !

६ माघ २०७५, आईतवार ०३:००

माघ ६, काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् । 

उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् ।‘हामीसँग सोध्दै नसोधी चरित्र हत्या गर्ने र तथानाम लेख्ने–बोल्ने काम भयो,’ उनले भनिन्। पहिलोचोटि एक दिन र दोस्रोचोटि ६ दिन आफूलाई हिरासतमा राखिएको, दिदी बबितालाई पहिलोचोटि २ दिन र दोस्रोचोटि १८ दिन हिरासतमा राखिएको उनले बताइन्। भनिन्, ‘बारम्बारको अनुसन्धानले हामीलाई दोषी देखाएन। केही मानव अधिकारवादी संगठनले झूटा प्रतिवेदन बनाए।’

नेपाल मानव अधिकार संगठनले २०७५ असोज ६ गते सार्वजनिक गरेको प्रतिवेदनतर्फ इंगित गर्दै उनले भनिन्, ‘हामीसँग भेटदै नभेटी उक्त संगठनले हामीलाई ओपेरा होटलको डान्सर बनाइदियो।’

घटनालगत्तै संगठनले निकालेको प्रतिवेदनमा बबिता ओपेरा होटलमा डान्सर रहेको उल्लेख थियो। बलात्कार र हत्या घटनापछि आफूहरू सार्वजनिक जीवनमा फर्किन नसकेको दुखेसो उनीहरूले पोखे। सामाजिक सञ्जाल, युट्युब च्यानल र सर्वसाधारणबाट समेत आफ्नो चरित्रमाथि औंला उठाइँदा निरीह बन्नुपरेको उनीहरूले बताए।

घटना सार्वजनिक भएपछि रोशनी स्कुल गएकी छैनन्। आमा इन्द्राले छोरीलाई अर्को विद्यालय सार्न खोज्दा विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएको बताइन्। बबिताको पनि हिरासतमै रहेका बेला बीबीएस दोस्रो वर्षको परीक्षा छुटेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली