२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण: बम दिदीबहिनीले काठमाडौं आएर पोखे यस्तो दुखेसो !

२०७५, ६ माघ आईतवार ०३:००

माघ ६, काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् । 

उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् ।‘हामीसँग सोध्दै नसोधी चरित्र हत्या गर्ने र तथानाम लेख्ने–बोल्ने काम भयो,’ उनले भनिन्। पहिलोचोटि एक दिन र दोस्रोचोटि ६ दिन आफूलाई हिरासतमा राखिएको, दिदी बबितालाई पहिलोचोटि २ दिन र दोस्रोचोटि १८ दिन हिरासतमा राखिएको उनले बताइन्। भनिन्, ‘बारम्बारको अनुसन्धानले हामीलाई दोषी देखाएन। केही मानव अधिकारवादी संगठनले झूटा प्रतिवेदन बनाए।’

नेपाल मानव अधिकार संगठनले २०७५ असोज ६ गते सार्वजनिक गरेको प्रतिवेदनतर्फ इंगित गर्दै उनले भनिन्, ‘हामीसँग भेटदै नभेटी उक्त संगठनले हामीलाई ओपेरा होटलको डान्सर बनाइदियो।’

घटनालगत्तै संगठनले निकालेको प्रतिवेदनमा बबिता ओपेरा होटलमा डान्सर रहेको उल्लेख थियो। बलात्कार र हत्या घटनापछि आफूहरू सार्वजनिक जीवनमा फर्किन नसकेको दुखेसो उनीहरूले पोखे। सामाजिक सञ्जाल, युट्युब च्यानल र सर्वसाधारणबाट समेत आफ्नो चरित्रमाथि औंला उठाइँदा निरीह बन्नुपरेको उनीहरूले बताए।

घटना सार्वजनिक भएपछि रोशनी स्कुल गएकी छैनन्। आमा इन्द्राले छोरीलाई अर्को विद्यालय सार्न खोज्दा विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएको बताइन्। बबिताको पनि हिरासतमै रहेका बेला बीबीएस दोस्रो वर्षको परीक्षा छुटेको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने