२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाँडा साट्ने निहुँमा लुटपाट: यसरी लुटियो चार महिलाको दश तोला सुन !

६ माघ २०७५, आईतवार ०३:२७

माघ ६, काठमाण्डौ | भाँडा साट्ने निहुँमा गाउँ पसेकी एक अपरिचित महिलाले लुटपाटको नौलो तरिका अपनाएकी छन् । सुन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । टाउकामा भाँडा बोकेर अपरिचित महिला गाउँ पस्छिन् । भाँडा साट्नुहुन्छ भनी महिला घरघर धाउँछिन्, घरमा महिलालाई एक्लै पाएपछि नजिक जान्छिन्, आशीर्वाद दिएजस्तो गर्छिन् । यो खबर आजको समाचारपत्र दैनिकमा छापिएको छ ।

त्यसो गर्दा महिलाहरु लठ्ठिन्छन् र आफूले लगाएको गहना निकालेर ती अपरिचित महिलालाई दिन्छन् । तर परिवारका धेरै सदस्यहरु भएको घरमा भने ती महिलाले पुराना भाँडा खरीद गर्न आएको बताउँछिन् ।

यस्तै घटना भएको छ कपिलवस्तुको शिवराज नगरपालिका ३, सुनवर्षी गाउँमा । भाँडा बोकेर आएकी अपरिचित महिला लक्ष्मी कँडेलको घर गइन् र पुराना भाँडा खरीद गर्न आएको बताइन् ।

भाँडा खरिद गर्ने निहँुमा घरमा आएका अपरिचित महिलाले कुराकानी गर्दै पिठ्यूँ सुम्सुमाएपछि आफ्नो चेतना गुमेको पीडित लक्ष्मी कँडेल बताउँछिन् । कँडेलको साथमा रहेको झन्डै तीन तोला सुन लिएर महिला फरार भएको उनले बताइन् ।

यतै गरी ती महिला सोही गाउँकी सीता भुसाल, भूमिका कँडेल र पिङ्की खत्रीलाई समेत जादुटुना लगाएर अचेत बनाई गहना लुटेर फरार भएको पीडितहरुले बताएका छन् । चारै जनाको गरी झन्डै १० तोला सुनका गरगहना लुटेर अपरिचित महिला फरार भएको स्थानीयले बताएका छन् । शुक्रबार दिउँसो करीब १ बजे आएकी महिलाले जादुटुना लगाई गरगहना लुटी लगेको पीडितहरुको भनाइ छ । आफूहरु होस्मा आएपछि आफू लुटिएको थाहा पाएको पीडितहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली