२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएस बंगला विमान दुर्घटना छानबिन समितिले निकाल्यो यस्तो प्रतिवेदन

१५ माघ २०७५, मंगलवार ०२:२५

माघ १५, काठमाडौं | गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा विमानको ल्यान्डिङको अवस्था नहुँदा नहँुदै पाइलटले विमान अवतरण गराउँदा दुर्घटना भएको प्रतिवेदन आएको छ।

विमान दुर्घटनासम्बन्धी गठित छानविन आयोगको प्रतिवेदनअनुसार विमानको अवतरण गर्न अवस्था ठिक नहुँदा हुँदै विमान अवतरण गराउन खोज्दा विमान दुर्घटनामा परेको प्रतिवेदनले अम्ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण सहसचिव तथा छानविन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो।

उहाँले भन्नुभयो–‘छानविनका क्रममा विमानको अवतरण अवस्था प्राविधिक हिसाबले मिलेको थिएन तर पाइलटले भने जुनसकै अवस्थामा अवतरण गराउन खोज्दा दुर्घटान भएको हो।’ विमान प्राविधिक रूपमा ठिक रहेको प्रतिवेदनमा भनिएको छ। ‘यदि विमानले पुनः एक फन्को लगाएर प्रविधिक हिसाबले अवतरणयोग्य बनाएर अवतरण गराएको भए दुर्घटना हुने थिएन,’ सहसचिव लामिछानेले भन्नु भयो।

पाइलटको ‘ओभर कफिडेन्ट’ले नै विमान दुर्घटना भएको प्रतिवेदनले भनेको छ, लामो समय उडान भरेको र अनुभवी भएका पाइलट भए पनि जबरजस्ती विमान अवतरण गराउन खोज्दा दुर्घटना भएको प्रतिवेदनले भनेको छ। दुर्घटना भएको दिन पनि काठमाडौं आउनुभन्दा अगाडि पाइलटले २ वटा उडान भरेको प्रतिवेदनमा भनिएको छ। मानसिकक तनावमा नदेखिएको भए पनि लामो उडान भरेकाले पाइलटमा ‘ओभर कन्फिडेन्ट’ आउनुनै विमान दुर्घटनाको मुख्य कारण भएको भनिएको छ। नेपाल समाचारपत्रमा यो खबर छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली