२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले

१९ माघ २०७५, शनिबार ०३:०४

माघ १९, काठमाडौँ । चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ ।

मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार बिग्रिसकेको थियो । उनको चाहानाविपरीत म उभिएको देखेपछि प्रतिशोध साध्न भ्रष्टाचारको मुद्दा लगायो ।


जेल जीवन भनेको मनसँग जोडिएको विषय हो । जेलमा सुख त हुँदैन । मनले सुख मान्यो भने दुःख पनि हुँदैन । जेलमा बस्दा दुःख मानिनँ । त्यसकारण पछिल्लो समय १३ महिना जेलमा आरामसँग बसेँ । अलिकति ध्यान, योग गरेँ, अलिकति पुस्तक पढेँ । करिब ५०–६० पुस्तक पढेँ हुँला । साहित्य, दर्शन, धार्मिक, इतिहास, जुन उपलब्ध हुन्छन्, ती पुस्तक पढेँ । जेलमै एउटा पुस्तक पनि लेखेँ, ‘बन्धनशालमा खीर’ । उपन्याय हो, प्रकाशित भइसकेको छ ।

०४६ को परिवर्तनपछि केन्द्रमा सत्ताको लुछाचुँडी, विश्वास–अविश्वास, घात–प्रतिघातमा लाग्यौँ । हाम्रा सांसदहरू सुरा, सुन्दरी र द्रव्यको प्रयोगमा लागे । माओवादी हत्या–हिंसामा हाम्रै मान्छे पनि काटिए, मारिए । यो समस्या समाधनमा भन्दा कांग्रेस र एमाले सत्ताको लुछाचुँडीमा लागे । राजा यी दुवैलाई हेर्दै रमाएर बसे कांग्रेस, एमाले र राप्रपा एक–आपसमै लुछाचुँडीमा लाग्छन् र मेरो हातमा सत्ता आउँछ भन्ने सपनामा राजा लागे । मुलुक नै बन्धनशाला जस्तो भएकाले यी विषयलाई समेट्दै ‘बन्धनशालामा खीर’ लेखेँ । एकातिर अँध्यारो भए पनि प्रकाश र उज्यालोको प्रतीक खीर भएकाले पुस्तकको नाम जुराएँ ।

कोइराला परिवारबाट कोही भेट्नै आएनन्

०६७ मा जेल परेपछि हजारौँ मान्छे भेट्न आए । शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुई(तीन पटक आए । गिरिजाप्रसाद कोइरालासँग नजिक भएका साथीहरू आएनन् । तर, उहाँहरू नजिक भएका नेताहरू भेट्न आए । विजय गच्छदार पनि भेट्न आए । त्यतिवेला, गिरिजाबाबु बितिसक्नु भएको थियो । गिरिजाप्रसादसँग नजिक भएका मान्छेहरू नआउँदा पनि त्यस्तो नराम्रो लागेन । किनकि, मैले जानेरै र बुझेरै असहमति राखेको थिएँ । ‘पार्टी फुटाउन दिनुहुँदैन, शेरबहादुरजीसहितका नेतालाई रोक्नुपर्छ’ भनेको थिएँ ।

उहाँले किसुनजीलाई हटाउने, खेल्ने र स्वार्थ देखाउने व्यवहार देखाउनुभएको थियो । पार्टीमा एकछत्र राज गर्नुभएको थियो । उहाँ बिपी जस्तो विवेक भएको नेता पनि होइन । गिरिजासँग असहमति राख्दा यिनले पिर्छन् भन्ने थाहा थियो । प्रजातन्त्रको पक्षमा, राजाको शासनको विपक्षमा लागियो, आन्दोलन गरियो । त्यसैले नेताले गरेको अन्याय किन सहने भनेर गिरिजाबाबुको विरुद्धमा लागेको हुँ । पेल्छन् भन्ने जानेरै खिलाफमा लागेको हुँ, जति सकेँ, त्यति लडेँ । कांग्रेस नेता चिरञ्जीवी वाग्लेकाे याे संस्मरणा नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली