२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : संसदीय समितिमा चर्काचर्की

२०७५, ३ फाल्गुन शुक्रबार ०२:०८

फागुन ३, काठमाडौँ | नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । 

समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए । समितिले मेलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न, भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग, वाणिज्य र श्रमका विषयमा छलफल गर्न बैठक बोलाएको थियो । 

नवनियुक्त राजदूतहरुसँगको छलफल जारी रहँदा सौहार्दपूर्ण तरिकाले बैठक सुरु भएको भए पनि मलेसिया रोजगारीको विषय प्रवेशसँगै विवाद उत्पन्न भयो । समिति सभापति श्रीवास्तवले मलेसिया रोजगारी बन्द हुँदा परेका समस्याबारे बोल्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई अनुमति दिँदा सांसदहरु एलपी साँवा लिम्बु र कृष्णप्रसाद श्रेष्ठले गणपूरक (कोरम) नपुगेको भन्दै बैठक स्थगित गर्न माग गरे । 

११ जना सांसद उपस्थित बैठकमा लिम्बु र श्रेष्ठले कोरम नपुगेको भन्दै गुरुङलाई बोल्न अवरोध गरेपछि समितिका सभापति श्रीवास्तवले छलफल अघि बढाउन निर्देशन दिए । छलफलमा लागि बोलाइएको बैठकमा गणपूरक संख्या आवश्यक नपर्ने भन्दै श्रीवास्तवले लिम्बु र श्रेष्ठलाई विवाद नगर्न आग्रह गरे । 

समिति सभापति श्रीवास्तवले बिहीबारको बैठक छलफलका लागि बोलाइएको र गणपूरक सँख्या नपुगी कुनै निर्णय नहुने बताउँदा-बताउँदै लिम्बु र श्रेष्ठ बाहिरिए । उनीहरु बाहिरिएपछि बैठकमा उपस्थित अन्य सांसद पनि सँगै हिँडे ।

- यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने