२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत बैठक: यस्ता भए थप तीन सहमति

२०७५, २५ फाल्गुन शनिबार ०३:०८

फागुन २५, काठमाडौँ — आफ्नो जलमार्ग हुँदै नेपालका तीन नाकासम्मको पारवहन सञ्चालन गर्न दिन भारत सरकार सहमत भएको छ। दुई देशबीचको जल तथा सिँचाइ समूहको संयुक्त कार्यदलको काठमाडौंमा बसेको दुईदिने बैठकमा नेपाललाई ‘तत्काल लाभ लिन सक्ने गरी’ ती रुटमा पारवहन सञ्चालन गर्न दिने सहमति भएको हो। 

नयाँ निर्णयअनुसार पहिलो रुटमा नेपालले कोलकाता–हल्दिया–शिवगन्जसम्म जलमार्ग र त्यहाँदेखि मरिहरी हुँदै जोगबनी विराटनगरसम्म स्थलमार्गबाट सामान निर्यात तथा आयात गर्न सक्नेछ। त्यस्तै कोलकाता–हल्दिया–शिवगन्जसम्मको जलमार्गदेखि भागलपुर–जोगबनी–विराटनगरसम्मको स्थलमार्ग पनिप्रयोग गर्न दिन संयुक्त वार्ताले बाटो खुलाएको छ।

कोलकाता–हल्दिया–कालुघाटसम्म स्थलमार्ग र कालुघाट–रक्सौल–विराटनगर स्थलमार्ग पनि नयाँ तीन रुटमध्ये एक हो। प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्ष अप्रिल ६ देखि ८ सम्म भएको भारत भ्रमणका क्रममा ‘नेपाल–भारतबीच जलमार्गमार्फतको नयाँ कनेक्टिभिटी’ गर्ने सहमतिअनुसारै यी रुट सिफारिस गरिएको शुक्रबार जारी संयुत्त वक्तव्यमा उल्लेख छ।

जलमार्गबाट दुई देश जोड्न सकिने विभिन्न सम्भाव्यताको एक वर्ष लामो संयुक्त अध्ययनपछि नेपाललाई तीन रुट सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ। गत वर्ष जुलाई १५–१६ मा दुवै देशका विज्ञहरूको पहिलो बैठक काठमाडौंमा बसेको थियो। उक्त बैठकले भारतले विकास गरिरहेको जलमार्गसँग नेपालको पारवहनलाई कसरी जोड्न सकिन्छ भनी प्राविधिक अध्ययन गर्ने निर्णय गरेको थियो।

जसअनुसार गत सेप्टेम्बर १७–२१ मा नेपाली टोलीको ‘टेक्निकल स्कोपिङ मिसन’ भारत सरकारले गंगा नदीमा विकास गरिरहेको वाराणसी–कोलकाता टर्मिनलको स्थलगत अध्ययन गरी फर्केको थियो। त्यसपछि भारतीय ‘टेक्निकल स्कोपिङ मिसन’ ले गण्डक र नारायणी तथा कोसी नदीमा जल यातायातको सम्भावना तथा पूर्वाधार विकासका सम्बन्धमा गत साता संयुक्त स्थलगत अध्ययन गरेको थियो। त्यसपछि बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले तत्कालका लागि भारतीय जलमार्ग हुँदै विभिन्न सडक भई विराटनगर नाकासम्म पारवहनको सिधा पहुँच नेपाललाई दिने निर्णय गरेको हो।  यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित