२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वाइन फ्लुको कारण पुष यता १८ को मृत्यु, काठमाडौँमा मात्र १४ को मृत्यु

२०७५, १४ चैत्र बिहीबार ०३:१२

चैत १४, काठमाडौँ | नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुस यता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको नयाँ पत्रिकामा समाचार छ ।

महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ । यस्तै एकजनाको ठेगाना खुलेको छैन। मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको उनले बताए ।

चार प्रकारका भाइरसले स्वाइन फ्लु फैलाउने सरुवारोग विशेषज्ञहरू बताउँछन् । 

स्वाइन फ्लूबारे थप जानकारी

स्वाइन फ्लू एक खतरनाक भाइरस हो । जुन सुँगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन ।

H1N1, H1N2, H3N2 र H3N1 

जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो । त्यसैको संक्रमण संसारका करिब दुई सय देशहरूमा देखिईसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो ।

स्वाइन फ्लु भएको शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हदसम्म सम्भव छ । यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ । यसबाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोर बाट भाईरस छिटै फैलिन सक्छ ।

यो रोग लागेको लक्षण भन्नु पर्दा नाकको समस्या, रुघा खोकी, भोक नलाग्ने, इच्छाशक्ती नभएको जस्तो लाग्ने, शिथिल हुने, सामान्य ज्वरो (१०० F वा सो भन्दा माथि हुने), टाउको दुख्ने आदी हुन्छ । यो रोगको प्रकृति सामान्य अन्य बेलामा हुने रुघाखोकी जस्तै देखिने हुँदा धेरै यो रोगले ग्रसित अवस्थामा मात्र अस्पताल पुग्छन् जसको कारण बिरामीलाई बचाउन सम्भाव नै हुँदैन । 

यस्तो रोग लागेका केही रोगीहरुमा घाटी दुख्ने, जिउ चिलाउने, टाउको दुख्ने, वाकवाक लाग्ने अनि झाडापखाला जस्ता लक्षणहरु पनि देखिन्छन् । यो रोग रगतको परिक्षण बाटमात्र पत्ता लाग्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित