२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वाइन फ्लुको कारण पुष यता १८ को मृत्यु, काठमाडौँमा मात्र १४ को मृत्यु

१४ चैत्र २०७५, बिहीबार ०३:१२

चैत १४, काठमाडौँ | नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुस यता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको नयाँ पत्रिकामा समाचार छ ।

महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ । यस्तै एकजनाको ठेगाना खुलेको छैन। मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको उनले बताए ।

चार प्रकारका भाइरसले स्वाइन फ्लु फैलाउने सरुवारोग विशेषज्ञहरू बताउँछन् । 

स्वाइन फ्लूबारे थप जानकारी

स्वाइन फ्लू एक खतरनाक भाइरस हो । जुन सुँगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन ।

H1N1, H1N2, H3N2 र H3N1 

जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो । त्यसैको संक्रमण संसारका करिब दुई सय देशहरूमा देखिईसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो ।

स्वाइन फ्लु भएको शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हदसम्म सम्भव छ । यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ । यसबाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोर बाट भाईरस छिटै फैलिन सक्छ ।

यो रोग लागेको लक्षण भन्नु पर्दा नाकको समस्या, रुघा खोकी, भोक नलाग्ने, इच्छाशक्ती नभएको जस्तो लाग्ने, शिथिल हुने, सामान्य ज्वरो (१०० F वा सो भन्दा माथि हुने), टाउको दुख्ने आदी हुन्छ । यो रोगको प्रकृति सामान्य अन्य बेलामा हुने रुघाखोकी जस्तै देखिने हुँदा धेरै यो रोगले ग्रसित अवस्थामा मात्र अस्पताल पुग्छन् जसको कारण बिरामीलाई बचाउन सम्भाव नै हुँदैन । 

यस्तो रोग लागेका केही रोगीहरुमा घाटी दुख्ने, जिउ चिलाउने, टाउको दुख्ने, वाकवाक लाग्ने अनि झाडापखाला जस्ता लक्षणहरु पनि देखिन्छन् । यो रोग रगतको परिक्षण बाटमात्र पत्ता लाग्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने