२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम, आजका पत्रपत्रिकामा के-के छापिए ?

२०७६, १२ जेष्ठ आईतवार ०३:१६

जेठ १२, काठमाडौं । आज प्रकाशित नेपाल साप्ताहिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम दिएर कार्टूनसहितको आवरण स्टोरी प्रकाशित गरेको छ ।

नेपाल साप्ताहिकले लेखेको छ- २१ घटनाले बताउँछन्, ओलीमा शक्तिको असीमित तीर्खा छ । मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरुको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असीमित तीर्खा छ । 


नेपाल साप्ताहिकको आवरण कथामा पत्रकार योगेश ढकालले प्रधानमन्त्री ओलीमा शक्तिको भोक रहेको पुष्टि गर्न प्रस्तुत गरेका २१ वटा तर्क यस्ता छन्-

झापा मोह, पार्टीभित्र पकड प्रयास, मन्त्रीमाथि नियन्त्रण, यातायात सिन्डिकेटको रक्षक, बुद्धिजीवीमाथि आक्रमण, विभिन्न राजनीतिक नियुक्ति, प्रेस स्वतन्त्रतामाथि अंकुश, राजदूत नियुक्ति, प्रदेश सरकारमा दबाव, संसद नियन्त्रण प्रयास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो मान्छेको नियुक्ति, अदालतमा प्रभाव, निर्वाचन आयोगमा प्रभाव, एनजीओ/आइएनजीओमा मापदण्ड र अनुगमन, राष्ट्रिय योजना आयोगमा प्रभाव, राष्ट्रिय सुरक्षा परिषद, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र मानवअधिकार आयोगमा प्रभाव, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन ।

आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा

जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो । 

झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए । 

गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाँइले लेखेकी छिन् । 

विश्व सम्पदा सूचीमा सूचिकृत हुने भनिएका नेपालका १५ सम्पदाको अवस्था अन्योल

विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ । 

१० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै छ । 

नेपालले प्रत्येक १०/१० वर्षमा समितिलाई सूची पठाउँदै आएको छ । त्यसअघि नेपाल पनि आफ्ना कुन कुन सम्पदा सूचिकृत गर्न अवश्यक मापदण्ड पूरा गरेका छन् कुन छैनन् भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । तर सो काम हुन सकेको छैन । 

नेपालबाट सन् १९९६ मा मुस्ताङस्थित मुतिmनाथ उपत्यकाको गुफा, तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो । लुम्बिनी क्षेत्र भने सूचिकृत हुन सफल भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

११ खर्बको आयातमा २ खर्बको पेट्रोलियम पदार्थ

चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको हो ।

मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

बढ्दो विलासीताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धनको खपत वृद्धि हुँदै गएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ । 

शिक्षाले सरकारसँग माग्यो १ खर्ब ५० अर्ब

शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको छ । त्यसमध्ये संघीय मन्त्रालयलाई ४८ अर्ब, प्रदेश सरकारलाई ४ अर्ब र स्थानीय तहलाई ९९ अर्ब रुपियाँ माग गरेको छ ।

अर्थ मन्त्रालयले तयार गरेको बजेटमा हालसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिलिङबाहेक अन्यको बजेट जानकारी गराएको छैन । स्थानीय तहमा गइसकेको अवस्थामा मन्त्रालयले स्थानीय तहलाई बढी बजेट माग गरेको हो ।

चालू आर्थिक वर्षको बजेटमा शिक्षा मिन्त्रालयलाई करिब १ खर्ब ३४ अर्ब रुपियाँ विनीयोजन गरेको थियो । मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले मन्त्रालयले बजेट निर्माण गरी सरकारलाई पेस गरेको जानकारी दिए । 

उनले कति बजेट विनीयोजन गर्ने भन्ने विषयमा जानकारी नभए पनि आगामी आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय तहको बजेट निर्माण गरी सरकारलाई पेस गरेको जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित