साउन ७, काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ ।

चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ ।

चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पान"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तकोसीमा पानीको बहाव पुलसम्मै, जोखिम बढ्यो

२०७३, ७ श्रावण शुक्रबार ०२:२८

साउन ७, काठमाडौं । केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ ।

चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।

कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ सय ८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । बिहीबार साँझ ५ बजे भने कोसीमा बहाव एक लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रणकक्षका भारतीय अधिकारीले बताएका छन् ।

पहाडी जिल्लामा हुने वर्षाअनुसार कोसी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको नियन्त्रण कक्षका एक कर्मचारीले बताए । बिहीबार साँझ कुल ५६ वटा ढोकामध्ये १८ वटा खोलिएको छ । आइतबार २३ ढोका खोलिएको थियो ।

टापुको गाविसको रूपमा रहेको सप्तरीको गोबरगाढावासी बाढीको उच्च जोखिममा छ ।

सप्तकोसी नदीको बीच भागमा अवस्थित यो गाविसमा कोसीको बाढी जुनसुकै वेला पस्ने भएकाले गोबरगाढावासी बाढीको त्रासमा छन् । ‘बाढीको त्रासले गाउँका ३० प्रतिशत मानिस आफन्तको घरमा गइसकेका छन्,’ स्थानीय हरि यादवले भने, ‘बाढीकै कारण कतिपयले योगिनियाँ, हनुमाननगर तथा भारदहमा अस्थायी घर बनाएका छन्, तर उब्जाउ हुने खेत यही भएको र गाई–भौसी चराउने पर्याप्त ठाउँ भएकाले आफूहरू जोखिम मोलेर पनि गाउँमै छौ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से