साउन ७, काठमाडौँ | वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौँ | वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गर"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन एमाले भित्रै यस्तो खेल हुँदैछ

२०७३, ७ श्रावण शुक्रबार ०२:३०

साउन ७, काठमाडौँ | वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।

वामगठबन्धन टुटाएर प्रतिक्रियावादीको गोटी बनेको, विगतका सहमति तथा सम्झौता तोडेको, कुनै पनि सम्झौता कार्यान्वयन गर्न तयार नभएको भन्दै ओली विरुद्ध पार्टीका सबै शीर्ष नेताले मोर्चा खोलेपछि एमालेभित्र ओली पूर्ण रुपमा रक्षात्मक अवस्थामा पुगेका छन् ।

सरकार विरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि नैतिक हिसाबले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्नेमा पदमा बसिरहन्छु भन्दै अड्डी लिएर बस्नु नैतिक हिसाबले समेत राम्रो नभएको भन्दै वामदेव गौमतले त ओलीका कारण पार्टीको साख समेत गिरेको बताए ।

मंगलबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा वामदेव गौतमले ओली विरुद्ध आगो ओकल्दा अरु नेताले भने ताली बजाएका थिए । गौतमले विगतमा पनि सहमति कार्यान्वयन नगर्दा आफूले मिलाएको सन्दर्भ जोड्दै राजनीतिमा सामान्य नैतिकताको प्रश्न हुन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से